кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • शिक्षा/स्वास्थ्य
  • Вот актуальная кракен даркнет для входа.
  • शिक्षा समिति बैठक : यी हुन् आज पारित भएका प्रस्तावहरु

शिक्षा समिति बैठक : यी हुन् आज पारित भएका प्रस्तावहरु

  • बिहिबार, साउन २३, २०८२
शिक्षा समिति बैठक : यी हुन् आज पारित भएका प्रस्तावहरु

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।

समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको हो ।

आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो ।

परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो ।

त्यसैगरी समितिले शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ । समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको हो ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्‍कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।

त्यसैगरी नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि समितिबाट पारित भएको छ ।

समितिको बिहीबार बसेको बैठकले महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था पारित गरेको हो ।

महासंघको पदाधिकारीलाई काजमा राख्दा नेपाल सरकारले बालबालिकाको पठनपाठनलाई असर नपर्नेगरी वैकल्पिक शिक्षकको व्यवस्था गरी राख्नुपर्ने प्रस्ताव गरिएको छ।

महासंघले वर्षभरी विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको पेशागत क्षमता अभिवृद्धि लगायतका विषयमा सम्पादन गरेका रचनात्मक क्रियाकलाप समावेश भएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र मन्त्रालय समक्ष पेस गर्नु पर्ने प्रस्तावमा उल्लेख छ।

सम्बन्धित समाचार