AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

  • बुधबार, कार्तिक २०, २०८२
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा कम्युनिस्ट घटकहरूबीच एकता घोषणाका लागि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सम्मेलन सुरु भएको हो।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका छन् ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ।

सम्बन्धित समाचार