काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार लामिछाने र साहबीच भेटवार्ता भएको हो।भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ। ‘देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,’ सचिवालयले भनेको छ।
भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए। लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ। यसअघि सभापति लामिछानेले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसंग पनि उनको निजी निवास बुढानीलकण्ठ पुगेर भेटवार्ता गरेका थिए।