AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने

उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने

  • शनिबार, चैत्र २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने

काठमाडौं – श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवार उठाउने भएको छ ।

सांसद तथा पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उपसभामुख पदका लागि पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन् ।

‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ, अब उपसभामुख चयनको निर्वाचन हुँदै छ’, साम्पाङले भनेका छन्, ‘हामी महिला उम्मेदवार खडा गर्दै छौँ। हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ? ७ भोट आउँछ कि १८९ ?’

सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब उपसभामुख पदका लागि भने यही चैत २२ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार