AarthikBikash
आइतवार, चैत्र २२, २०८२
  • होमपेज
  • राजनीति
  • आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

  • आइतवार, चैत्र २२, २०८२
आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

काठमाडौं – आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले इन्धन अभावका कारण आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले चैत २३ गते सोमबारबाट सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार शैक्षिक संस्था बाहेक सरकारी कार्यालयहरु बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछन् ।

‘पेट्रोलियम आपूर्तीमा भएको असहजताका कारण ०८२ साल चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने । त्यस्तै शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने,’ उनले भने ।

सम्बन्धित समाचार