AarthikBikash
सोमवार, चैत्र २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

  • सोमवार, चैत्र २३, २०८२
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

काठमाडौं – आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् ।

सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

निर्णय गरेलगत्तै आइतरबार नै राजपत्रमा सूचना प्रकाशित भएको हो। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ४ बजे कार्यालय बन्द हुनेछन्।

यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेको छ।

सम्बन्धित समाचार