AarthikBikash
बिहिबार, बैशाख १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलविरुद्धको रिटमा आज सुनुवाइ

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलविरुद्धको रिटमा आज सुनुवाइ

  • बिहिबार, बैशाख १०, २०८३
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं – सर्वोच्च अदालतमा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएका तीन रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार उक्त रिटहरू दर्ता भएका हुन् र तत्काल सुनुवाइका लागि पेसी तोकिएको हो।

अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशी लगायतले दायर गरेको रिटमा महान्यायाधिवक्ता जस्तो संवेदनशील पदमा “अयोग्य व्यक्ति नियुक्त गरिएको” दाबी गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सकिने प्रावधान छ ।

तर रिट निवेदनमा निरन्तर १५ वर्ष कानुन व्यवसाय गरेको अनुभव आवश्यक हुने व्यवस्था उल्लेख गर्दै डा। कँडेलमा उक्त अनुभव नपुगेको जिकिर गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार