AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

  • सोमवार, बैशाख २८, २०८३
सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

मोरङ – मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले आइतबार राति २० लाख भारतीय रुपैयाँ  बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।

उक्त झोलाबाट ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ बरामद भएको हो ।

बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ ।

सम्बन्धित समाचार