काठमाडौं – विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन्। सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका आठवटा अध्यादेश पेश भएका हुन्।
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस भएका हुन्।
यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ ,‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ , स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस भएका हुन्।