AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

  • सोमवार, बैशाख २८, २०८३
सहकारी बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

काठमाडौं – आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेल आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीको बचत फिर्ता गर्न सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने जानकारी गराएका छन् ।

सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ । यो कोषमा सरकारले बिऊ पुँजीका रुपमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सरकारले वन डढेलो, अतिक्रमण तथा अवैध क्रियाकलापको निगरानी अब ड्रोन तथा आधुनिक प्रविधिबाट निगरानी गर्ने बताए ।

‘वन डडेलो उच्च सतर्कता केन्द्रबाट निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ । ड्रोन स्याटेलाइट तथा आधुनिक प्रविधिमार्फत् डडेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सम्बन्धित समाचार