AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको प्रतिबद्धता

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको प्रतिबद्धता

  • सोमवार, बैशाख २८, २०८३
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – सरकारले सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सुचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उनले बताए । राष्ट्रपति पौडेलले ड्रोन तथा नाईट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताए ।

यसैगरी सरकारले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने बताए।

यस्तै अगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न उर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताए ।

उनले विद्युत उत्पादन, वितरण, प्रशारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताए । उनका अनुसार उर्जामा आधारित उद्योग प्रवद्र्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार