AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बेनी–जोमसोम सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन बीचबाटोमै रोकिए

बेनी–जोमसोम सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन बीचबाटोमै रोकिए

  • मङ्लबार, बैशाख २९, २०८३
बेनी–जोमसोम सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन बीचबाटोमै रोकिए

म्याग्दी – हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड पुनः पहिरोको चपेटामा परेको छ ।

अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा सोमबार बिहान ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

ढुङ्गा, माटो र लेदोसहितको पहिरो सडकमा खस्दा ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकखण्ड ठप्प बनेको छ । सडक अवरुद्ध भएसँगै बेनीबाट मुस्ताङतर्फ जाँदै गरेका तथा जोमसोमबाट बेनी फर्किरहेका दर्जनौँ सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

यस घटनाले स्थानीयवासी मात्र होइन, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि यात्रा गरिरहेका तीर्थयात्रीसमेत समस्यामा परेका छन् । पर्यटन सिजनकै समयमा सडक बन्द हुँदा यात्रुहरू अलपत्र परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीना ले सडक विभागका उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार मौसम अनुकूल रहे केही घण्टाभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

स्थानीयका अनुसार महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटरमाथिबाट निरन्तर पहिरो झर्ने समस्या छ । सामान्य वर्षा हुनासाथ लेदो र ढुङ्गासहित पहिरो खस्ने भएकाले यो क्षेत्र बेनी–जोमसोम सडकको सबैभन्दा जोखिमपूर्ण बिन्दु मानिन्छ ।

सम्बन्धित समाचार