AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

  • मङ्लबार, बैशाख २९, २०८३
अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची – अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छन् ।

जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार  ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।

उद्धार गरी केही घाइतेहरूलाई जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाउने काम भइरहेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार