काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसपछि सांसदहरूले सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन्।
संसद् सचिवालयका अनुसार बैठकमा सांसदहरूबाट दर्ता गरिएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले आजै दिने कार्यक्रम तय गरिएको छ।
गत सोमबार रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।