AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

  • बुधबार, बैशाख ३०, २०८३
प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले  सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले  प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्‍मा सहभागी हुन रुलिङ गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

सभामुखलाई आग्रह गर्दै राईले भने- ‘प्रधानमन्त्रीको आज पनि संसद्‍मा उपस्थित हुनु भएको छैन । उहाँ संसद्‍भन्दा माथि हो ? यसरी सभाको गरिमा बढ्दैन।’

उनले प्रधानमन्त्री बालेन संसद्‍भन्दा माथि हो भन्दै पनि प्रश्न गरेका छन्।

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित छैनन् । उनको साटो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेगरी नयाँ कार्यसूची संशोधन गरिएको छ ।

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो ।

तर, प्रधानमन्त्री शाहले आह्वान गरेकोको मन्त्रिपरिषद् बैठकको समय र संसद बैठकको समय एकै समयमा पर्न गएकोले अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

सम्बन्धित समाचार