AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • राजनीति
  • आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

  • बुधबार, बैशाख ३०, २०८३
आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

उक्त राजीनामा प्राप्त भएको विषयलाई मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि पुष्टि गरेका छन्।

भट्टलाई करिब एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन् । मन्त्री यादवले निर्देशनदिएको एक हप्तापछि भट्टले राजीनामा दिएका हुन्।

सरकारले पछिल्लो समय विभिन्न सार्वजनिक निकायमा रहेका राजनीतिक नियुक्तिहरू पुनरावलोकन तथा खारेजीको प्रक्रिया अघि बढाइरहेको छ ।

सरकारले पहिलो चरणमा करिब १५ सयलाई बर्खास्त गरिसकेको छ भने दोस्रो चरणमा थप ५ सय नियुक्ती खारेज गर्ने गरी सूची तयार गरेको छ। उक्त सूचीमा भट्टको नाम पनि रहेको बताइएको छ ।

भट्टलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार