AarthikBikash
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, वन कर्मचारीमाथि अनुसन्धान सुरु

टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, वन कर्मचारीमाथि अनुसन्धान सुरु

  • आइतवार, जेष्ठ ३१, २०८३
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, वन कर्मचारीमाथि अनुसन्धान सुरु

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले घटनाबारे सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न वन कर्मचारी तथा अन्य व्यक्तिहरूको भूमिका पहिचान गर्ने काम भइरहेको छ ।

शुक्रबार वन अतिक्रमण हटाउने अभियानका क्रममा स्थानीय धनादेवी धामीले खुद्रा पसल सञ्चालन गर्न प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारी र वन रक्षकहरूले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले राष्ट्रिय चर्चा पाएको थियो ।

भिडियो सार्वजनिक भएपछि वन कार्यालयको कार्यशैलीमाथि तीव्र आलोचना भएको छ।

सम्बन्धित समाचार