AarthikBikash
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा महाधिवेशन: दोस्रो चरणअन्तर्गत ६ पदाधिकारीका लागि ४ बजेबाट मतदान

रास्वपा महाधिवेशन: दोस्रो चरणअन्तर्गत ६ पदाधिकारीका लागि ४ बजेबाट मतदान

  • बिहिबार, असार ११, २०८३
रास्वपा महाधिवेशन: दोस्रो चरणअन्तर्गत ६ पदाधिकारीका लागि ४ बजेबाट मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ ।

बिहीबार दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको हो ।

जसमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको लागि मतदान हुनेछ । रास्वपाका प्रवक्त्ता मनिष झाका अनुसार मतदान गर्न एक जनालाई ४ देखि ५ मिनेटमा लाग्ने छ ।

पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।

सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउने तयारी छ।

यसैगरी प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भइसकेको छ ।

पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३७९ जनाले उमेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।

विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति लामिछानेले मनोनीत गर्नेछन् । रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ ।

सम्बन्धित समाचार