AarthikBikash
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अंगीकृत नागरिकता सिफारिस गर्दा रंगेलीका वडाध्यक्ष र सदस्य पक्राउ

अंगीकृत नागरिकता सिफारिस गर्दा रंगेलीका वडाध्यक्ष र सदस्य पक्राउ

  • बिहिबार, असार ११, २०८३
अंगीकृत नागरिकता सिफारिस गर्दा रंगेलीका वडाध्यक्ष र सदस्य पक्राउ

विराटनगर – झुटो विवरण पेस गरी अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र रोहवरमा बस्ने वडासदस्य ४६ वर्षीय गणेश ऋषिदेव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले जनाएअनुसार रंगेली नगरपालिका–५ निवासी मनुवाकुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएकोभनी नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए ।

नागरिकता प्राप्तिका लागि पेस गरिएका कागजात तथा विवरणमाथि छानबिनका क्रममा सिफारिसमा उल्लेख गरिएका तथ्यहरू वास्तविक नभएको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रशासनको निर्देशनका आधारमा दुवै जनालाई बिहीबार पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिने छ । प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन गर्ने कार्य जारी छ ।

मनुवाकुमारको नक्कली आमा बनेकी अधनुनियालाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार