AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाले सार्वजनिक गर्‍यो ९९ केन्द्रीय सदस्यको अन्तिम सूची

रास्वपाले सार्वजनिक गर्‍यो ९९ केन्द्रीय सदस्यको अन्तिम सूची

  • शुक्रबार, असार १२, २०८३
रास्वपाले सार्वजनिक गर्‍यो ९९ केन्द्रीय सदस्यको अन्तिम सूची

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।

पार्टीको निर्वाचन आयोगले निर्वाचित भएका सबै ९९ जना केन्द्रीय सदस्यको अन्तिम सूची शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रवास र विद्युतीय (इलेक्ट्रोनिक) मतदानसहित कुल २ हजार ६५६ मत प्राप्त गरेका छन्, जुन सबै उम्मेदवारमध्ये सबैभन्दा बढी हो।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनमा विभिन्न समूह र क्लस्टरबाट सदस्यहरू निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सबै ९९ जना विजयी उम्मेदवारको नामावलीसहित अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य चयन प्रक्रिया टुंगिएको छ।

यद्यपि, महाधिवेशनका केही अन्य पदहरूको निर्वाचन प्रक्रिया भने अझै जारी छ।

सम्बन्धित समाचार