AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा महाधिवेशन लम्बिएपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित

रास्वपा महाधिवेशन लम्बिएपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित

  • शुक्रबार, असार १२, २०८३
रास्वपा महाधिवेशन लम्बिएपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित

काठमाडौं– आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ ।  चितवनको भरतपुरमा जारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लाई केन्द्रित गरेर ६ दिन बैठकपछिलाई राखिएको थियो।

तर, रास्वपाको जारी महाधिवेशन लम्बिएपछि बिहीबारका लागि बोलाइएको बैठक आज दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।  आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।  यसैगरी सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम १३ असार शनिबार बिहान ११ बजेका लागि बैठक तोकेको संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयद्धारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार