काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ जना सांसदहरूलाई प्रशिक्षण दिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुले संसदीय प्रक्रिया र अभ्यासबारे पर्याप्त जानकारी नहुँदा सदनमा अपरिपक्वता देखाउने गरेका छन् । कतिपय सांसदहरू नियमबारे जानकार नहुँदा प्रक्रिया मिच्ने गरेका छन् ।
त्यसैले संसदीय आधारभूत प्रक्रिया र अभ्यासबारे अवगत गराउन संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उक्त प्रशिक्षण कार्यक्रमले सांसदहरुलाई संसदको आधारभूत प्रक्रिया र अभ्यासबारे अवगत गराउने विश्वास संसद सचिवालयले लिएको छ । सचिवालयका अनुसार आज विहान १० देखि सुरु भएको प्रशिक्षण अपराह्न ४ बजेसम्म चल्नेछ भने भोलि ११ देखि ३:३० बजेसम्म चल्ने छ ।