AarthikBikash
सोमवार, असार १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक युवा पक्राउ

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक युवा पक्राउ

  • सोमवार, असार १५, २०८३
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक युवा पक्राउ

काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित सुकुम्वासी राखिएको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेका ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा तामाङलाई आइतबार पक्राउ गरिएको हो ।

केहीदिन अघि तामाङले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने र हत्या गर्ने भन्दै अस्वभाविक अभिव्यक्ति दिएका थिए ।

तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न आज अदालतबाट म्याद थपका लागि उपस्थित गराउने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार