AarthikBikash
बुधबार, असार १७, २०८३
  • होमपेज
  • राजनीति
  • भारतसँगको मतभेद वार्ताबाट टुंग्याउन चाहेका छौँ : परराष्ट्रमन्त्री खनाल

भारतसँगको मतभेद वार्ताबाट टुंग्याउन चाहेका छौँ : परराष्ट्रमन्त्री खनाल

  • बुधबार, असार १७, २०८३
भारतसँगको मतभेद वार्ताबाट टुंग्याउन चाहेका छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू-भागको सिमाङ्कनका विषय टुङ्ग्याइसकेको बताएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमाङ्कन नगरेको बताए । उनले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमाङ्कन गरेको छैन । त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालकै हो। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।’

यी दुई वटा मूल क्षेत्र भन्दा अन्य क्षेत्रमा आजको दिनमा पनि सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताए। नेपालसँग भएको प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्तामार्फत् भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताए । उनले थपे, ‘यही कुरा मैले भारतका समकक्षीसँग भेट्दा पनि राखेको छु । हामीबीच भएका केही विभेद हुनु स्वाभाविक हो, तर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामी कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहन्छौँ भनेर मैले भनेको पनि छु ।’

सम्बन्धित समाचार