दैलेख – चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा माइक्रो खस्दा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । उद्धारको क्रममा भिरमा अड्किएको एक पुरुषको शव निकाल्ने प्रयास भएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र.०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना कर्णालीमा खसेको थियो ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट टोली खटिएको छ ।
माइक्रोमा १४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताएका छन् ।