AarthikBikash
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बैतडी बस दुर्घटना अपडेट: चालकसहित १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी बस दुर्घटना अपडेट: चालकसहित १७ जना घाइते, दुईको अवस्था गम्भीर

  • शुक्रबार, असार १९, २०८३
बैतडी बस दुर्घटना अपडेट: चालकसहित १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी – बैतडीमा भएको बस दुर्घटना परि १७ जना घाइते भएका छन्।

शुक्रबार धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका हुन्।

प्रहरीका अनुसारघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका छन् ।

दुर्घटनापछि स्थानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका हुन् ।

गम्भीर घाइते दुई जनासहित सबै घाइतेलाई उपचारका लागि डडेल्धरा अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार