काठमाडौं – जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योञ्जन (रमन) रहेका छन् ।
प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथ देवल सुन्धाराबाट फरार भएका थिए ।
उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।
फरार भएपछि उनको खोजतलास जारी रहेको थियो । सोही क्रममा गत शुक्रबार साँझ उनलाई सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।