AarthikBikash
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एसईई पुरक परीक्षाको नतिजा प्रकाशित

एसईई पुरक परीक्षाको नतिजा प्रकाशित

  • मङ्लबार, असार २३, २०८३
एसईई पुरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौ– राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा प्रकाशित गरेको छ । परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् ।

परीक्षाफल विभिन्न २० वटा संस्थाको वेबसाइट, आइवीआर र एसएमएस–यूएसएसडी मार्फत हेर्न सकिन्छ। पुनःपरीक्षा आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने बताइएको छ । नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ । परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ। यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ ।

सम्बन्धित समाचार