काठमाडौं – प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा गठबन्धन गर्ने सहमति भएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव नेपालबीच भएको छलफलमा प्रदेश सरकार गठनको मोडालिटीमा सहमति जुटेको स्रोतले जनाएको छ।
सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व नेकपाले गर्नेछ भने कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठनको नेतृत्व नेकपा एमालेले गर्नेछ।
मधेस र गण्डकी प्रदेशको सरकार गठनबारे भने नेपाली कांग्रेससँग थप छलफल गर्ने सहमति भएको स्रोतको भनाइ छ।
दुई दलबीचको यो सहमतिसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यद्यपि, मधेस र गण्डकी प्रदेशको समीकरणबारे अन्तिम टुंगो लाग्न अझै बाँकी रहेको बताइएको छ।