AarthikBikash
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • राजनीति
  • सरकार गोली र लाठीमा मात्रै देखिनु हुँदैन : गगन थापा

सरकार गोली र लाठीमा मात्रै देखिनु हुँदैन : गगन थापा

  • बुधबार, साउन १३, २०८३
सरकार गोली र लाठीमा मात्रै देखिनु हुँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै थापाले नेपाली समाजले लामो समयको साझा प्रयासबाट निर्माण गरेको सामाजिक सद्भावको पुँजीलाई जोगाउनुपर्ने बताए । उनले भने, “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो। कसैले दिएको वरदान होइन, यो साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। यसलाई जोगाइराख्नुपर्छ।”

थापाले सुनसरी घटनाको विषयमा नागरिक, राजनीतिक दल र सबै सरोकारवालालाई संयमित भएर संवादमार्फत समाधान खोज्न आग्रह गर्नुपर्ने विषय बैठकमा उठाएको जानकारी दिए। उनले अवाञ्छित गतिविधि हुन सक्ने क्षेत्रमा राज्यले पूर्वसावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, कुनै पनि पक्षबाट आवेग, उत्तेजना र प्रतिशोधको बाटो नअपनाउन आग्रह गरे। कांग्रेस सभापति थापाले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै भने, ‘यतिबेला सरकार के गर्दै छ ? सरकार कहाँ छ ?’

उनका अनुसार सरकार केवल सुरक्षा निकायको बल प्रयोगमा मात्र देखिनु हुँदैन। ‘सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनु हुँदैन। सरकार स्टाटसमा मात्रै सीमित हुनु हुँदैन,’ उनले भने।थापाले सरकार अभिभावक मात्र नभई नेतृत्वदायी भूमिकामा पनि रहनुपर्ने बताए। ‘सरकार भनेको अभिभावक मात्रै होइन, लिडर पनि हो। उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ,’ उनले भने।

अघिल्लो समाचार

A Beginner’s Guide to NFL Betting Terminology
A Beginner’s Guide to NFL Betting Terminology

सम्बन्धित समाचार