AarthikBikash
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घुसको रकमसहित तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ

घुसको रकमसहित तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ

  • शनिबार, साउन १६, २०८३
घुसको रकमसहित तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ

ललितपुर – जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा (नासु) र दुई जना लेखापढी व्यवसायी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाललाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले साउन १५ गते ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेकाहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँ नगद बरामद गरिएको छ। साथै, स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ समेत फेला परेको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

अघिल्लो समाचार

Jeux Spins Gratuit A Telecharger France 2026
Jeux Spins Gratuit A Telecharger France 2026

सम्बन्धित समाचार