AarthikBikash
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनकोशी कार दुर्घटनामा तीन जना बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

सुनकोशी कार दुर्घटनामा तीन जना बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

  • सोमवार, साउन १८, २०८३
सुनकोशी कार दुर्घटनामा तीन जना बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

सिन्धुली – सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र सोही गाउँपालिका–५ बस्ने पूर्णबहादुर तामाङ तथा  नाम नखुलेका एक जना हेल्पर रहेका छन् ।

सोमबार दिँउसो फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

घटनाको जानकारी पाएलगत्तै खोजीकार्यको लागि विपद् व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।

सम्बन्धित समाचार