AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्युठानमा सामुदायिक वनबाट ३६ थान भरुवा बन्दुक बरामद

प्युठानमा सामुदायिक वनबाट ३६ थान भरुवा बन्दुक बरामद

  • सोमवार, साउन १८, २०८३
प्युठानमा सामुदायिक वनबाट ३६ थान भरुवा बन्दुक बरामद

प्युठान – प्युठानको नौबहिनी गाउँपालिका-२ स्थित एक सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा तिनका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइराखिएको अवस्थामा ३६ थान भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामद सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, चार थान बन्दुकका नाल, एक थान बटको कुण्डा तथा तीन थान भरुवा बन्दुकका चाप रहेका छन्।

बरामद गरिएका सबै हतियार तथा पार्टपुर्जा प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको स्रोत र संलग्न व्यक्तिको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार