AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • आइतवार, साउन ३१, २०८३
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा – टिपरको ठक्करबाट झापामा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।

शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ ।

गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

सम्बन्धित समाचार