AarthikBikash
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टलमा’ २२ वर्षीय युवकको हत्या

शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टलमा’ २२ वर्षीय युवकको हत्या

  • शुक्रबार, भदौ ५, २०८३
शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टलमा’ २२ वर्षीय युवकको हत्या

काठमाडौं– काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् ।

उक्त होस्टलमा बस्दै कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट कालाथोकीको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।  घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा अस्पतालका चिकित्सकले कालाथोकीलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको कारण, प्रयोग भएको हतियार तथा घटनाअघि होस्टलमा भएको गतिविधिबारे उनीसँग सोधपुछ गरिरहेको छ।

घटनामा संलग्न अर्का आरोपित प्रमित पटेल भने फरार छन्। उनको खोजीका लागि प्रहरीले सम्भावित आवतजावत हुने स्थानमा निगरानी बढाउनुका साथै विभिन्न प्रहरी इकाइसँग समन्वय गरिरहेको जनाएको छ। युवकहरूबीच विवाद के विषयमा भएको थियो र कुटपिटको घटना धारिलो हतियार प्रहारसम्म कसरी पुग्यो भन्नेबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार