AarthikBikash
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सर्लाहीका एसपीलाई धम्क्याउने नेकपा नेता यादव २ वर्षपछि पक्राउ

सर्लाहीका एसपीलाई धम्क्याउने नेकपा नेता यादव २ वर्षपछि पक्राउ

  • मङ्लबार, भदौ २३, २०८३
सर्लाहीका एसपीलाई धम्क्याउने नेकपा नेता यादव २ वर्षपछि पक्राउ

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा गालीगलौज गरेको आरोपमा यादव पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्तापछि यादव फरार रहँदै आएका थिए । सोही मुद्दामा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार