AarthikBikash
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिंहदरबारमा सर्वदलीय बैठक

सिंहदरबारमा सर्वदलीय बैठक

  • बुधबार, भदौ ३१, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा छलफल भइरहेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना, विपद्को प्रभाव न्यूनीकरण र आगामी दिनमा सम्भावित विपद् व्यवस्थापनका विषयमा पनि बैठकमा छलफल हुनेछ।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व सहभागी छन् ।

भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि लामिछानेले यसअघि पनि दुईपटक सर्वदलीय बैठक आह्वान गरिसकेका छन्।

सम्बन्धित समाचार