AarthikBikash
बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • राजनीति
  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

  • बिहिबार, अशोज १, २०८३
चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि आवश्यक योग्यता तथा अन्य विवरण मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि बोर्डका अध्यक्ष रहेका दिनेश डीसीको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।

सम्बन्धित समाचार