काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक जारी छ।
पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा भोटेकोशी बाढीबाट उत्पन्न विपद्, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा समेत छलफल हुने उनले बताए।