काठमाडौं – गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
शुक्रबारको निर्णयअनुसार नायब सुब्बा (नासु), कम्प्युटर अपरेटर र खरिदारलगायतका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा सूचीअनुसार जिल्ला प्रशासन कार्यालय डोल्पामा कार्यरत नासु कुबेर चौधरीलाई इलाका प्रशासन कार्यालय बाँसगढी, बर्दिया पठाइएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय लमजुङका नासु तक्मा बिकलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा गरिएको छ।
त्यस्तै, गृहले सिराहाका सिडिओ सुरेन्द्र पौडेललाई जिम्मेवारीबाट हटाइएको छ। त्यस्तै, मन्त्रालयमा रिक्त रहेको प्रशासन महाशाखामा सुरेश न्यौपाने तथा नीति योजनामा दिनेशसागर भुसाललाई जिम्मेवारी दिइएको छ।