AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहिरो नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन बन्द

पहिरो नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन बन्द

  • शुक्रबार, अशोज ९, २०८३
पहिरो नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन बन्द

चितवन – लगातार पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवनसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसिरहेको हो ।

पहिरो हटाउने काम जारी रहे पनि सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान सूचना जारी गर्दै सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखी यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै सडकखण्डमा लगातार पहिरो गइरहेकाले तत्काल आवागमन सञ्चालन गर्न नसकिने जानकारी गराएका हुन्।

सम्बन्धित समाचार