AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • राजनीति
  • इन्द्रजात्रा अवलोकन गर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल

इन्द्रजात्रा अवलोकन गर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल

  • शुक्रबार, अशोज ९, २०८३
इन्द्रजात्रा अवलोकन गर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा शुक्रबार हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन्।

इन्द्रजात्राको मुख्य दिन शुक्रबार राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला तथा दक्षिणा चढाउँदै रथयात्राका लागि अनुमति दिएका थिए। त्यसपछि गणेश, भैरव र कुमारीको रथयात्रा सुरु भएको हो।

भाद्र शुक्ल द्वादशीका दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरेसँगै यस वर्षको इन्द्रजात्रा सुरु भएको थियो।

राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णीम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च पदस्थ व्यक्तिहरूले जात्रा अवलोकन गरेका छन्।

त्यस्तै, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको समेत इन्द्रजात्रामा सहभागिता रहेको छ।

अघिल्लो समाचार

Cómo Se Apuesta Dinero En La Ruleta
Cómo Se Apuesta Dinero En La Ruleta

सम्बन्धित समाचार