AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • राजनीति
  • बाढीपहिरोमा घाइतेको उपचार खर्च सरकारले बेहोर्नेछ : प्रधानमन्त्री बालेन

बाढीपहिरोमा घाइतेको उपचार खर्च सरकारले बेहोर्नेछ : प्रधानमन्त्री बालेन

  • आइतवार, अशोज ११, २०८३
बाढीपहिरोमा घाइतेको उपचार खर्च सरकारले बेहोर्नेछ : प्रधानमन्त्री बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हालैको अविरल वर्षा, बाढी, पहिरो तथा हावाहुरीका कारण घाइते भएका नागरिकको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।

उनले आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विपद्मा घाइते भएका नागरिकको उपचारको उचित प्रबन्ध मिलाइएको र उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

प्रधानमन्त्रीका अनुसार असोज ८ गतेयता देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ५ जना घाइते भएका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

विपद्का घटनामा २१ जनाको मृत्यु भइसकेको छ। म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री शाहले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यस्तै, मनाङको हिमपहिरोमा परेकासहित ५ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। बेपत्ताको खोजी तथा उद्धारमा सुरक्षाकर्मीहरू निरन्तर परिचालित रहेको प्रधानमन्त्रीले बताए।

सम्बन्धित समाचार