AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनसुन र पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मनसुन र पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • मङ्लबार, अशोज १३, २०८३
मनसुन र पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार