काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित एजेन्डा तथा कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
साथै बैठकमा नियमित प्रशासनिक कामकारबाहीसँगै समसामयिक विषयमा समेत छलफल गरी आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।