AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे

देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे

  • बुधबार, असार २९, २०७९
देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे

एजेन्सी – श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार