AarthikBikash
बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

  • बुधबार, असार २९, २०७९
नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

काठमाडौं – नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेश गरेका हुन् ।

गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गरे ।

उनले संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले दिएको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार