AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री पौड्याल

  • सोमवार, फाल्गुन १५, २०७९
परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौं – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उनले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिइन् । “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरुले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उनले भनिन्, “सोही उद्देश्यअनुरुप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।”

क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दीगोपनलाई सुनिश्चिता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवद्र्धन गर्नुपर्ने बताइन् । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उनले भनिन्, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”

Facebook Comments

सम्बन्धित समाचार