AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति निर्वाचनः आज अन्तिम नामावली प्रकाशित गरिँदै

राष्ट्रपति निर्वाचनः आज अन्तिम नामावली प्रकाशित गरिँदै

  • मङ्लबार, फाल्गुन १६, २०७९
राष्ट्रपति निर्वाचनः आज अन्तिम नामावली प्रकाशित गरिँदै

काठमाडौं – मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन अन्तर्गत आज मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

आज प्रारम्भमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ । नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ भने मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

Facebook Comments

सम्बन्धित समाचार