काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।
बिहीबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन्।
त्यस्तै, उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए। उनले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी गरेका छन्।